माओवादी र्यालीमा बम बिस्फोट हुँदा ७ घाइते
असार
११, २०७४- नवलपरासी सदरमुकाम नजिकको सुनवल नगरपालिकामा नेकपा माओवादी
केन्द्रले निकालेको र्यालीलाई लक्षित गरेर अज्ञात समूहले बम बिस्फोट
गराउँदा ७ जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर छ ।
चुनाब प्रचारको अन्तिम दिन आइतबार सुनवल नगरपालिकामा केन्द्रले गाडिमा
चुनाबी र्याली गरेको थियो । महेन्द्रराजमार्गको भुमहिवाट सुनवल तर्फ
कार्यकर्ता बोकेर हिंडेको बस सोमनाथ खोलाको पुलमा पुग्दा बिष्फोटमा परेको
हो । अज्ञात समूहले पुल क्षेउको ढुंगामा बम लुकाएका थिए ।
बिस्फोटमा घाइतेहरुको प्रहरीले उद्धार गरेर उपचारको लागि लगेको छ । करिब ६
दर्जन गाडीमा मतदाता राखेर माओवादीले र्याली निकालेको हो ।
No comments