भोट हाल्न लाइनमा बसेका एक जना मतदाताको मृत्यु
१४ असार, झापा । झापामा मतदानका लागि लाइनमा बसेका एक जना मतदाताको मृत्यु भएको छ । दमक नगरपालिका-१४ का ८१ वर्षीय नरेन्द्र भण्डारीको लाइनमै बसेका बेला मृत्यु भएको हो । उनी सरस्वती मावि मतदान केन्द्रबाट मतदानका लागि लाइनमा बसेका थिए । जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी शैलेश थापा क्षेत्रीले अनलाइनखबरलाई दिएको जानकारी अनुसार उनी बिरामी थिए ।
No comments