Header Ads

नवलपरासीमा यसरी हुँदैछ आचारसंहिता उल्लंघन, सित्तैमा पेट्रोल हाल्न तछाडमछाड (फोटोफिचर)

नवलपरासी– चुनाव प्रचार प्रसार गर्दा मोटरसाइकल, कार र बस प्रयोग गर्नु निर्वाचन आचारसंहिता विपरित भएपनि नवलपरासीका राजनीतिक दलहरुले निर्वाचन आचारसंहिता व्यापक रुपमा उल्लंघन गरेको पाइएको छ । चुनाव प्रचारप्रसारको अन्तिम दिन नवलपरासीको सुनवलका विभिन्न स्थानमा नेपाली कांग्रेसले आचारसंहिता विपरित सयौको संख्यामा मोटरसाइकल र कार चुनाव प्रचारमा प्रयोग गरेको पाइएको हो । त्यसका लागि कांग्रेसले एक मोटरसाइकललाई चार लिटरका दरले पेट्रोलको कुपन वितरण गराएको समेत भेटिएको छ । कांग्रेसले नवलपरासिको सुनवलस्थित पिके आयलस्टोर र तिलकपुरको पालुकास्थान पेट्रोलपम्पबाट लिने गरी पेट्रोलको कुपन वितरण गरेपछि आइतबार दिउँसो पेट्रोल लिन पम्पमा लागेको लाइन हेर्न लायक देखिएको छ । पिके आयलस्टोरमा २ सयभन्दा बढि र पालुकास्थानमा सय भन्दा बढिको लाइन लागेको छ । यस्तै कांग्रेस कार्यकर्तापछि तिनै पेट्रोल पम्पबाट एमाले कार्यकर्ताले कुपनको पेट्रोल लिन कुरेर बसेको पाइएको छ । यता, निर्वाचन आचारसंहिता विपरित यसरी प्रचार प्रचार भइरहेकोबारे इलाका प्रहरी कार्यलय सुनवलका प्रहरी निरीक्षक जेसी शाहले आफ्नो क्षेत्राधिकार भित्र नपर्ने भएकाले आफुले त्यसवारे केही गर्न नसक्ने बताए । शाहले भने ‘सवैले त्यसै गरिरहेका छन् हामीले त्यसलाई रोक्न सक्ने कुरै छैन । ’

No comments

Powered by Blogger.