मोरङमा ६३ वर्षीय वृद्धको घाँटी रेटेर हत्या
असार १३, २०७४- ‘बोक्सा’ आरोपमा पटक–पटक अपमानित हुँदै आएका यहाँका एक वृद्धको आइतबार राति बीभत्स हत्या भएको छ । रंगेली नगरपालिका–९ स्थित घर नजिकैको बजार गएर फर्कंदै गर्दा ६३ वर्षीय पहाडचन राजवंशीको घाँटी रेटेर हत्या भएको हो । बीच सडकमै रगताम्य अवस्थामा शव फेला परेको थियो । हत्या कसले गरेको भन्ने खुलेको छैन । घटनास्थलमा कुनै हतियार वा शंकास्पद वस्तु फेला परेको छैन । प्रहरीले हत्यामा संलग्न कसैलाई सोमबार साँझसम्म नियन्त्रणमा लिन सकेको छैन ।
No comments