आफैँले बोकेको बम पड्कँदा एकको मृत्यु, विप्लवद्वारा खण्डन
कैलाली - आफैले बोकेको बम विस्फोट हुँदा धनगढीमा एक जनाको ज्यान गएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ खानेपानीटोलमा हिजो (सोमबार) राति ९ : ४५ को समयमा उक्त घटना भएको हो । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य २८ बर्षका चन्द्र बहादुर सिंह आफैले बोकको सुतली बम विस्फोट भएको हो । जि एन्ड सन्स रेस्टुरेन्ट नजिक उक्त घटना भएको रातोपाटी सम्वाददाताले जनाएका छन् । विस्फोटपश्चात घाइते सिंहलाई उपचारको लागि स्थानीयले सेती अञ्चल अस्पताल लगेका थिए । उनको टाउको पछाडीको भाग लगायत शरीरका विभिन्न भागमा चोट लागेको थियो । उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । यता, विषयमा विप्लव नेतृत्वको नेकपाले आफै बोकेको बम विस्फोटमा कार्यकर्ता मारिएको भन्ने विषयलाई विज्ञप्ती निकालेर खण्डन गरिएको छ । मृतक आफ्नो पार्टीको जिल्ला कमिटि सदस्य रहेको भन्दै शंकास्द बस्तु पन्छाउन खोज्दा बम विस्फोट भएर मृत्यु भएको जनाएको छ । सेति–महाकाली व्यूरो इन्चार्जका ओमप्रकाश पुनले विज्ञप्ती जारेर गरेर भनेका छन्, ‘कैलालीको धनगढी उपमहानगरपालि वार्ड न १२ सि गाउँ निवासी चन्द्रबहादुर सिंह कमरेड सनराइज यही २०७४ असार १२ गते बेलुका १० बजे बेबारिसे बम पन्छाउन खोज्दा विस्फोट भै कैलालीको धनगढीमा शहादत भएको खवरले हामीलाई नकै मर्माहित बनाएको छ ।’ विज्ञप्तीमा होटलको आगनमा शंकास्पद बस्तुदेखेपछि त्यसलाई उठाएर कैलाली नदीमा फाल्न जाँदा अचानक विस्फोट भएको दावी गरिएको छ ।
No comments