सुनसान भए सदरमुकाम
असार १२, २०७४- स्थानीय तहको चुनावमा भोट हाल्न मतदाता आ–आफ्ना नगर÷गाउँ फर्किएपछि पूर्वी पहाडका ताप्लेजुङ, पाँचथर र इलामका सदरमुकाम सुनसान भएका छन् । तीनवटै जिल्लाका सदरमुकामस्थित प्रमुख बजारमा आइतबार व्यापार ठप्प प्रायः रह्यो । सधैं भीडभाड हुने ताप्लेजुङको फुङलिङ, पाँचथरको फिदिम र इलामको इलाम सदरमुकाममा बन्द÷व्यापार, जागिरलगायतका विभिन्न पेसा÷व्यवसायमा रहेका मतदाता आ–आफ्ना गाउँ र नगर फर्किएका हुन् ।
No comments