यात्रु सवार डुंगा डुब्दा ६ जनाको मृत्यु , १६जना बेपत्ता
कोलम्बियाको उत्तर–पश्चिम क्षेत्रस्थित एक जलाशयमा यात्रु सवार डुंगा डुब्दा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा १६ जना हराइरहेका छन् । पर्यटकीय नगर ग्वाटापे नजिकै रहेको कृत्रिम जलाशयमा डुबेका डुंगामा कम्तीमा १ सय ५० यात्रु सवार थिए । अन्य यात्रुको भने सकुशल उद्धार गरिएको बीबीसीले जनाएको छ । सो डुंगामा अचानक पानी छिरेर डुब्न थालेपछि नजिकका अन्य डुंगाले उद्धार गरेका थिए
No comments