‘नमस्ते काठमान्डु यौन बिद्रोह हो’– डब्बु
हेटौंडा
– फिल्म निर्देशक समेत रहेका पत्रकार डब्बु क्षत्रीले नमस्ते काठमान्डु
यौन विद्रोहको दस्तावेज भएको बताएका छन् । यो कुनै सस्तो यौन पुस्तक नभएर
यौनले निम्त्याउने समस्या बिरुद्ध बिद्रोहयुक्त कथाहरुको पुस्तक भएको
बताएका छन् ।
चलचित्र पत्रकार संघ मकवानपुरद्धारा नमस्ते काठमान्डु माथि हेटौंडामा
आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा क्षत्रीले यस्तो प्रतिक्रिया दिएका
हुन् ।
अन्र्तक्रियामा उनले यौनका बारेमा नेपाली समाजमा हुने गरेको संकुचित धारणा
पछि त्यसले निम्त्याउने बकृति र बिद्रोहका घटनालाई कथानक रुप दिएर पुस्तकमा
ल्याएको प्रस्ट पार्दै भने, ‘नमस्ते काठमान्डौ कथाहरुमा यौन अस्लिलता नभएर
यौन बिद्रोह रहेका छन् ।’
पत्रकार धु्रव अधिकारीले सहजीकरण गरेको अन्र्तक्रियामा कथाकार क्षेत्रीले
पत्रकारिता गर्दा समाजमा देखेको घटनालाई कथामा बुनेको बताए । सबै उमेर
समूहले पुस्तक अध्ययन गर्न सक्ने उल्लेख गर्दै उनले यौनपीडामा पिल्सिएर
पीडा लुकाई बाँच्न विवश पात्रहरूको प्रतिनिधि पीडा र अन्याय विरुद्धको
आवाजका रूपमा कथासंग्रह रहेको दाबी उनको छ ।
चलचित्र विकास बोर्डका सदस्य एवं चलचित्र निर्माता, वितरक नरेन्द्र
महर्जनले नमस्ते काठमान्डूका कथाहरुले पाठकमा यौनबारे सचेतना जगाउने बताए ।
नमस्ते काठमाडौंका प्रकाशन सँस्था शिखा बुक्सका अध्यक्ष पुष्पाराज पौडेलले
कथामा नयाँ प्रयोग आफुले नमस्ते काठमान्डूमा पाएको बताए । पटक्कै अश्लिल
नभएको नविन र प्रयोगबादी कथा भएकै कारण क्षत्रीको यो कथा संग्रह आफुले
प्रकाशन गरेको उनले बताए ।
दुई सय ४० पृष्ठको संग्रहमा १८ ओटा कथा रहेको र यसको मूल्य ३ सय ५० रुपैयाँ
राखेको पनि प्रकाशक पौडेलले जानकारी दिए ।
No comments