Header Ads

लैनचौरस्थित भारतीय दुतावास अगाडि विप्लव समूहको प्रदर्शन

काठमाडौं– दार्जिलिङमा जारी आन्दोलनमा सरकारी दमनको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले लैनचौरस्थित भारतीय दुतावास अगाडी प्रदर्शन गरेको छ । प्रर्दशनका लागि नेकपाका नेता तथा कार्यकर्ता सोमबार दिउँसो रत्नपार्कबाट र्यालीसहित लैनचौर पुगेका थिए । नेकपाका नेता धर्मेन्द्र बास्तोलाको नेतृत्वमा जुलुससहित भारतीय दुतावास लैनचौर पुगेको टोलीले दुतावास अगाडि कोणसभा गर्दै पार्टी नेता बास्तोलाले नेपाली भाषी भएकै कारण भारतीय प्रशासनले दमन गरेर मानवअधिकारको घोर उल्लंघन गरेको बताए । दमनको विरोधमा दुतावासमा ज्ञापनपत्र समेत बुझाएको नेकपाले गोर्खाल्याण्डको मागलाई नेपालसँग जोडेर हेर्नू गम्भिर भुल भएको जनाएको छ ।

No comments

Powered by Blogger.