कतारको हमाद वन्दरगाहमा नयाँ पानी जहाज आइपुग्यो
असार
१२, २०७४- कतारको हमाद वन्दरगाहमा पहिलोपटक दुई समुन्द्री पानी जहाज सामान
लिएर आइपुगेको छ ।
कतारले भारतसँग मिलेर आवश्यक खाद्यान्य लगायत सामग्री दृ्रतगतिमा ल्याउन
‘भारत कतार एक्सप्रेस सर्भिस’ सेवा गरेको थियो ।
भारतवाट ‘हंसा मैगडेवर्ग’ र ओमनको सल्लाहाबाट ‘पोउल अव्राओ’ पानी जहाज
आइपुगेको वन्दरगाहा व्यबस्थापक मवानी कतारले जनाएको छ । भारत कतार
एक्सप्रेस सर्भिसले भारतको मुन्द्रा र न्हावा सेवाबाट आवश्वक खाद्यान्य
तथा सामाग्री ल्याउन थालेको छ ।
कतारी यातायात तथा सञ्चार मन्त्रालयका अनुसार हरेक शुक्रवार यी जहाजले
सामान ल्यानेछ । पहिलो पटक यी वन्दरगाहामा सात सय १० कन्टेनर सामान
आइपुगेको छ ।
मन्त्रालयका अनुसार नयाँ रुट अनुसार मुन्द्रा, न्हावा सेवा र हमाद
वन्दरगाहामा स्थानीय कार्गो नियमीत ल्याउने र पठाउने भइरहन्छ ।
त्यसैगरी टुर्कीबाट आएको पहिलो जहाजले ४ हजार टन खाद्यान्य, फलफुल, तरकारी
वोकेर कतारतर्फ लागेको जनाएको छ । गत विहिवार हिडेको यो जहाज १० दिनमा दोहा
आइपुग्ने अनुमान गरिएको छ ।
No comments