कल्पनाको साइकल व्यापार
आफूलाई
स्याहार सुसार गर्ने दाईको दुःख देख्न नसकेर कल्पनाले पनि साइकलको साथ
लिनु भयो । कक्षा ११मा पढदै गर्नुभएकी कल्पना दिनहुँ आफनो कक्षा पछि
साइकलमा सामान बोक्दै पसल पसल धाउनुहुन्छ ।
कल्पना अधिकारी
म चाहिँ एसएलसी दिएर काठमाडौँ आए मेरो दाईले पनि यस्तो काम गर्नुहुदोँ रहेछ
दाईले गरेको दुख देखर अनि दाईँले गरेको दुखलाई मैले फिल गरे अनि मैले पनि
दाईलाई पनि म यहि काम गर्छु भने दाईलाई अनि मैले यहि काम गरे ।
अहिले काठमाडौँको नेपालटारमा बस्दै आउनुभएकी कल्पनाले यसरी काम गर्न थालेको
पनि ८ महिना भइसकेको छ । दिनहुँ ५ घण्टा उहाँ पसल पसलमा सामान बेच्नका
लागि जानु हुन्छ । सामान बेच्नका लागि कल्पनाले २ ३ वटा रुट बनाउनुभएको छ ।
दिन बिराएर सामान बेच्न जादाँ धेरै बिक्री हुन्छ । अनि नाफा पनि धेरै नै
हुन्छ ।
कल्पना अधिकारी
मैले व्यपार गर्न जादाँ सुरु सुरुमा साथीहरुले गिज्याथ्ये बाटोमा कुनै
टिचरहरु देखे भने लाज लाग्थ्यो अब झन् केटाहरुै केटी मान्छेले अब कुनै
मान्छेले काम गर्दा हास्दै हिडँने हुन्थ्यो ।
आफ्नो खुट्टामा उभिन खोज्दा कल्पनाले धेरै समस्या भोग्नुभएको छ । तर उहाँ
कहिल्यै नडगमगाई निरन्तर यो साइकलको पाङग्रासँगै गुडिनै रहनुभएको छ ।
किनभने यसले परिवारमा खुसी ल्याउन मद्दत पुगेको छ । अनि कल्पनाको आफ्नै पनि
आत्मबल बढेको छ ।
कल्पना अधिकारी
अरुले जे भने पनि आफनो काम भनेको काम हो अब छोरी मान्छे हाम्रो नेपालमा
छोरी मान्छेले केही गर्न सकेको छैन त्यसकारण छोरी मान्छेले पनि केही गर्न
सक्छ भनेर हिम्मत जुटाउन मैले यो काम गरया ।
No comments