Header Ads

कतारको समर्थनमा उत्रिँदै अमेरिकाले भन्यो, ‘अरब देशले कतारमाथि तेर्साएको माग मान्न कठिन’

अमेरिकी सरकाले कतारको समर्थन गर्दै कूटनीतिक संकट समाप्त गर्नका लागि अरब देशको मागलाई सम्बोधन गर्न कठिन बताएको छ । अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले अरब देशले कतारको अगाडि जुन माग तेर्साएका छन् त्यसलाई पूरा गर्न कतारका लागि कठिन हुने बताएका छन् । साउदी अरब, इजिप्ट, बहराइन र संयुक्त अरब इमिरेट्सले कतारमाथि १० दिन भित्र इरानसँग सम्बन्ध कम गनृ र टर्कीको सैन्य अड्डालाई बन्द गर्नुपर्ने माग राखेका थिए । यी मागमा न्यूज च्यानल अल–जजिरालाई बन्द गर्नुपर्ने शर्त पनि समावेश छ जसलाई कतार सरकारले आर्थिक मद्दत उपलब्ध गराउँछ । कतारका विदेशमन्त्रीले गत शनिबार नै यी १३ बुँदे मागलाई सम्बोधन गर्न अस्विकार गरिसकेका छन् । अमेरिकाको आग्रहः सँगै बसेर कुरा गर्नुहोस् अरब देश टिलरसनले अरब देशलाई सँगै बसेर चरमपन्थको हल निकाल्न र यसको विरोधमा आवश्यक कदम उठाउनका लागि आग्रह गरेका छन् । यद्यपी, उनले यो प्रस्ताव कूटनीतिक संकटको क्रममा यी देशबिच कुराकानीको बाटो पनि खोल्ने बताएका छन् । कतारमाथि लागेको आरोपमा टिलरसनले भने, ‘कतारको सम्बन्धमा पालिएको पूर्वाग्रहको विषयमा बयानबाजी जारी छ र त्यसलाई कम गरिए तनाव कम हुनेछ ।’

No comments

Powered by Blogger.