Header Ads

मतदानको लागि गएका दुईजना वृद्धको मृत्यु

पाल्पाको बगनासकाली गाउँपालिका अन्तर्गत यम्घामा मतदानमा सहभागी एक एक वृद्धको निधन भएको छ । बगनासकाली अन्तर्गत यम्घाको अरनिको मावि केन्द्रमा मतदानका लागि आउदै गर्दा ८४ वर्षिय पूर्णचन्द्र भट्टराईको निधन भएको हो । दम बढेर निधन भएको हुनसक्ने प्रहरीले जनाएको छ । मुख्य निर्वाचन अधिकृत भरतमणी खनालका अनुसार मतदान गर्न ल्याउँदै गर्दा अचानक श्वासप्रस्वासमा समस्या देखिएको केही समयपछि उनको निधन भएको भएको हो । यसैबीच झापाको दमक–९ मा मत खसाल्न आएका ८२ बर्षीय वृद्ध नरेन्द्र भण्डारीको मृत्यु भएको छ । स्थानिय सरस्वती माध्यमिक विद्यालयमा मतदान गर्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मतदानका लागि नाम रुजु गराउँदै गरेको अवस्थामा उनी ढलेका थिए । पारिवारीक स्रोतका अनुसार उनी मुटुको विरामबाट पीडित थिए । उनी नेपाली कांग्रेसका क्रियाशील सदस्य समेत भएको कांग्रेस जिल्ला सदस्य विक्रम अधिकारीले जानकारी दिनुभयो । उनी ०५४ सालको स्थानीय निर्वाचनमा दमक १४ को वडा सदस्यामा निर्वाचित भएका थिए ।

No comments

Powered by Blogger.