बुटवलको ट्राफिकचोक र काँग्रेस मेयरको घरमा बम
बुटवल : बुटवलको ट्राफिकचोकमा बम फेला परेको छ । नेपाली सेनाको टोलीले बम डिस्पोज गरेको प्रहरीले जनाएको छ ।
नेकपा एमालेको सभा चलिरहेको स्थान नजिकै बम भेटिएको हो । कालो प्लाष्टिकमा रहेको बम
सेनाले
पड्काएर डिस्पोजल गरेको हो ।
एउटा पोकोमा रहेको बम दुई पटकसम्म पड्किएको छ भने अर्काे प्लाष्टिकको पोको
पनि सेनाले डिस्पोज गरेको छ ।
एमालेको सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुभएको थियो ।
सभा सकिएलगत्तै सेनाको टोली बम डिस्पोजल गर्न लागेको थियो ।
बुटवलको राजमार्ग चौराहामा कांग्रेस माओवादीको सभा चलिरहेको छ । बम भएको
आशंकाले सर्बसधारणहरु त्रसित बनेका छन् ।
कांग्रेसका मेयर पदको उम्मेदवारको घरमा वम
अज्ञात समूहले नेपाली कांग्रेसका मेयर पदका उम्मेदवारको घरमा वम राखेका छन्
। वाणगंगा नगरपालिकाका मेयर पदका उम्मेदवार मंगल प्रसाद थारुको घर अगाडी
पार्किङ्ग गरी राखेको गाडीको तल बम राखिएको पाइएको छ ।
विहान चुनावी प्रचार प्रसारमा निस्कन लाग्दा गाडी तल बमदेखेपछि प्रहरीलाई
खबर भएको थियो । नेपाली सेनाको वम डिष्पोजल टिमले सो वम निष्क्रिय पारेको
थियो । आफ्नो उम्मेदवारलाई ज्यानै मार्ने मनसायले बम राखिएको प्रति नेपाली
कांग्रेसले विरोध जनाएको छ ।
नेपाली कांग्रेसका सभापति तथा सांसद सुरेन्द्र राज आचार्यले स्थानीय
प्रशासनलाई घटना प्रति अति संवेदनशील भई दोषी पत्ता लगाउन आग्रह गर्नु भएको
छ । यस अघि जिल्लाको वाणगंगा नगरपालिका गजेहडामा उम्मेदवारी दर्ता गर्न
गएको मौका छोपी अज्ञात समूहबाट गरिएको वम विष्फोटमा नेपाली कांग्रेसका
कार्यकर्ता घाईते भएका थिए ।
सभापति आचार्यले भन्नु भयो, ‘नेपाली कांग्रेसका उम्मेदवारहरुको विजयबाट
डराएर नेपाली कांग्रेसप्रति लक्षित गरी यस्ता घटना घटाईएको हो । यस्ता
घटनाहरु प्रति हाम्रो गम्भीर ध्यान आकर्षण भएको छ ।’
यस अघिको वम विष्फोटको घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई
नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक प्रह्लाद
अधिकारीले बताउनु भयो । वाणगंगा नगरपालिकामा नेपाली कांग्रेस र नेकपा
माओवादी केन्द्रको गठवन्धनमा नेपाली कांग्रेसका मंगल प्रसाद थारु मेयर पदमा
र माओवादी केन्द्रका टोप नारायण बेलवासेको उपमेयरमा उम्मेदवारी रहेको छ ।
यसै गरी नेकपा एमालेका तर्फबाट मेयर पदमा विमला घिमिरे र उपमेयर पदमा चक्र
अर्यालको उम्मेदवारी रहेको छ । वाणगंगा नगरपालिकामा नेपाली कांग्रेस र
माओवादी केन्द्रको गठवन्धन र नेकपा एमालेको उम्मेदवारहरु विच कडा
प्रतिस्पर्धा देखिएको छ ।
No comments